बिर्तामोड / हिजो सम्पन्न आम निर्वाचनको आज मतगणना शुरु हुनेछ । झापा क्षेत्र नं. १ को मतगणना आज बिहान ८ बजेपछिबाट शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए । उनका अनुसार ‘सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लाग्यो । बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ त्यस पछि मतगणना शुरु हुन्छ ।’ झापा क्षेत्र नं. १ मा ६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत महतले जानकारी दिएका छन् । 


OM Sai Pathibhara Hospital