राजनीति

    Showing 7,111-7,120 of 10,368 items.
  • प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिम र मधेश प्रदेशमा माओवादी शून्य

    झापा / प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५६ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा माओवादी केन्द्र दुई प्रदेशमा शून्य भएको छ। माओवादीले सुदूरपश्चिम र मधेश प्रदेशमा प्रतिनिधिसभा तर्फ शुन्य भएको हो। माओवादीले सूदुरपश्चिम प्रदेशका नौ जिल्लाका १६ वटा निर्वाचन क्षेत्र र मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये एउटा पनि क्षेत्र जित्न सकेन । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये दार्चुला, डडेलधुरा, अछाम २, कञ्चनपुर २ र ३ नम्बर नम्बर क्षेत्रमा कांग्रेस र कञ्चनपुर १ मा एमाले उम्मेदवार विजयी भएका छन् भने कैलालीका पाँच क्षेत्रमध्ये १, २ र ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्त

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 103 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : कर्णाली प्रदेशमा नेकपा एमाले शून्य

    झापा / प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५५ क्षेत्रको नतिजा सार्वजनिक हुँदा एमाले एउटा प्रदेशमा शून्य भएको छ। प्रतिनिधिसभा तर्फ एमाले कर्णाली प्रदेशमा शून्य भएको हो ।कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमध्ये ११ वटाको मत गणना सम्पन्न हुँदा एमालेले एउटा निर्वाचन क्षेत्रमा पनि जित निकाल्न सकेन । रुकुम पश्चिम, कालिकोट र जाजरकोटमा माओवादीका उम्मेदवार विजयी हुँदा कांग्रेसले मुगु, दैलेख –२, सुर्खेत –१ र –२ मा जित निकालेको छ। त्यसैगरी राप्रपाले जुम्लामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी सल्यान, डोल्पा र दैलेख –१ मा विजयी भएको छ । २०७४ सालको निर्वाचनमा कर्णालीबाट ६ क्

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 122 पटक पढिएको
  • अहिले सम्म समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

    झापा  / आम चुनावको मतगणना जारी छ । हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५५ स्थानको मत परिणाम आइसकेको छ भने १० स्थानको आउन बाँकी छ । त्यस्तै समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले २३ लाख ४४ हजार ४९ मत ल्याएको छ । नेपाली कांग्रेसले २२ लाख ७ हजार ५२७ मत ल्याएको छ ।त्यस्तै नेकपा माओवादी केन्द्रले ९ लाख ६६ हजार हजार ३०४ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २३ हजार ९६५ मत पाएको छ । राप्रपाले ४ लाख ८७ हजार ९८ मत पाएको छ । एकीकृत समाजवादीले दुई लाख २१ हजार २८१ मत ल्याएको छ । यसैगरी जनता समाजवादी पार्टीले दुई लाख ८७ हजार ७५९ मत पाएको छ भने लोसपाले एक लाख १९

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 132 पटक पढिएको
  • प्रतिनिधिसभा अपडेट : १५६ सिटको नतिजा आयो, ९ बाँकी

    झापा / मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जित हासिल गरेको छ ।त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात–सात क्षेत्रमा विजयी भएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, ने

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 122 पटक पढिएको
  • झापाको पाँच वटै निर्वाचन क्षेत्रको मत गणना सम्पन्न : को–को कहाँबाट विजयी भए ?

    बिर्तामोड / झापामा मंसिर ४ गते भएको आम निर्वाचनको मत गणना सम्पन्न भएको छ । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा एमालेले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक–एक क्षेत्रमा जित हाँसिल गरेका छन् । झापा –१ एमालेको प्रभाव क्षेत्र मानिने झापा क्षेत्र नम्बर –१ मा २३ वर्षपछि कांग्रेसले जितेको छ । उक्त क्षेत्रबाट एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका हुन् । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 245 पटक पढिएको
  • समानुपातिकमा कुन दलले कति ल्याए मत ?

    झापा  / समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ ।निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्र ४ लाख ४२ हजार १३२ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 124 पटक पढिएको
  • पाँचथरबाट एमालेका बसन्त नेम्बाङ झिनो मतान्तरले निर्वाचित

    झापा / पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त गरेका छन् । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए । प्रदेशसभा (१) बाट गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 142 पटक पढिएको
  • हुम्लामा खसेको भन्दा धेरै मतपत्र भेटिएपछि मतगणना स्थगित

    हुम्ला / हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो ।बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 117 पटक पढिएको
  • कोमल वलीलाई हराउँदै दीपक गिरी बिजयी

    झापा / दाङ क्षेत्र नम्बर- ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन । गिरीले वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका हुन् । यो निर्वाचन क्षेत्रमा ९० हजार १५० मत खसेको थियो । सुरुदेखि नै अग्रता लिएका गिरीले क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका थिए ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 123 पटक पढिएको
  • मोरङ ६ बाट शेखर कोइराला निर्वाचित

    बिर्तामोड / मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् । 

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.