झापा / प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५५ क्षेत्रको नतिजा सार्वजनिक हुँदा एमाले एउटा प्रदेशमा शून्य भएको छ। प्रतिनिधिसभा तर्फ एमाले कर्णाली प्रदेशमा शून्य भएको हो ।

कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमध्ये ११ वटाको मत गणना सम्पन्न हुँदा एमालेले एउटा निर्वाचन क्षेत्रमा पनि जित निकाल्न सकेन । 

OM Sai Pathibhara Hospital

रुकुम पश्चिम, कालिकोट र जाजरकोटमा माओवादीका उम्मेदवार विजयी हुँदा कांग्रेसले मुगु, दैलेख –२, सुर्खेत –१ र –२ मा जित निकालेको छ। 

त्यसैगरी राप्रपाले जुम्लामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी सल्यान, डोल्पा र दैलेख –१ मा विजयी भएको छ । २०७४ सालको निर्वाचनमा कर्णालीबाट ६ क्षेत्रमा जित हात पर्दै नेकपा एमाले पहिलो दल बनेको थियो।