झापा  / समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।

OM Sai Pathibhara Hospital

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्र ४ लाख ४२ हजार १३२ मत पाएको छ । 

पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ ।