झापा / दाङ क्षेत्र नम्बर- ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन ।

गिरीले वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका हुन् । यो निर्वाचन क्षेत्रमा ९० हजार १५० मत खसेको थियो । सुरुदेखि नै अग्रता लिएका गिरीले क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका थिए ।