राजनीति

    Showing 7,051-7,060 of 10,368 items.
  • कांग्रेस नेता पौडेलललाई आज जापानले विभूषण प्रदान गर्दै

    काठमाडौं  / जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ । जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सनु’ विभूषणबाट पौडेललाई सम्मान गर्ने यसअघि नै घोषणा गरिसकेको थियो ।पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ। पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ ।विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ । जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए । जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुई पट

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 105 पटक पढिएको
  • आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै

    काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने पनि थपलियाले बताए।निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मङ्सिर १२ गतेभित्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मङ्सिर तेस्रो सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको बताएको थियो। तर, तीन जिल्लामा पुनः मतदान भएको र समानुपातिक

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 87 पटक पढिएको
  • जरिवाना मिनाहा गरिदिन बालेनले दिए आयोगमा निवेदन

    काठमाडौं / महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन्। स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार साहले तोकिएको समय तीन दिनभित्र खर्च विवरण नबुझाएपछि आयोगले उनलाई साढे सात लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनको मेयर पद जानेछ बालेनले आफूले निर्वाचन खर्च फेसबुकमा सार्वजनिक गरिसकेको र काठमाडौं महानगरको फोहोरको समस्या समाधानमा केन्द्रित हुँदा खर्च विवरण बुझाउन नभ्याएको भन्दै जरिवाना मिनाहा गरिदिन निवेदन दिएका हुन्। आयोगको कानुन शाखाले निवेदनउपर कारबाही अगाडि बढाएर आयोगको बोर्डमा पठाएको छ। बोर्डले नि

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 110 पटक पढिएको
  • सांसद पदको शपथ नगराउन माग गर्दै रबि लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाइएको छ ।गृह मन्त्रालयमा परेको उजुरीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत् जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन गरिरहेको छ । लामिछानेले अमेरिकी नागरिकता लिएको मिति, अमेरिकी नागरिकता त्याग गरेको मिति, अमेरिकी नाग

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 115 पटक पढिएको
  • आमनिर्वाचन –२०७९ : ४ हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत

    झापा / मंसिर ४ गतेको निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।जसअनुसार प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेशसभा तर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना (७६ द

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 105 पटक पढिएको
  • एमाले अध्यक्ष केपी ओली र देव गुरुङबीच भेटवार्ता

    काठमाडाैँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भेटेका छन् । गुरुङले मंगलबार  बालकाेट पुगेर ओलीलाइ भेटेका हुन् ।‘मैले केपी कमरेडलाई भेटेर बधाई दिन गएको हुँ । अरु पाँच दलका नेताहरूलाई बैठकमै भेटिन्छ कुराकानी हुन्छ’उनले भने– केपी ओलीलाई अन्त भेट नहुने भएपछि निवासै गएको हुँ । बधाई र शुभेच्छा प्रकट गरेको हुँ । अरु विषयमा कुराकानी भएन ।’ गुरुङले ओलीसँग एक घण्टाभन्दा बढी समय कुराकानी गरेको बताएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 107 पटक पढिएको
  • चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

    झापा / मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज बुधबार सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव –२०७९ को अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी समेत गरेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 111 पटक पढिएको
  • सरकारमा सहभागी हुने लोसपाको निर्णय

    काठमाडौँ / नयाँ सरकार गठनको लागि सत्ता गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्ने भएको छ ।लोसपा शीर्ष नेताको बैठकले सत्ता गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनसँग चुनावी तालेमल गरेको कारण नयाँ बन्ने सरकारलाई समर्थन गर्ने जनाइएको छ ।नयाँ सरकारमा सहभागि हुनेबारे पार्टीभित्र एकमत रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रतिनिधिसभा अन्तर्गत ४ सिट जितेको छ ।

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 105 पटक पढिएको
  • अध्यादेश तत्काल फिर्ता लिनकांग्रेसका महामन्त्री गगन थापाको माग

    काठमाडौं  / अध्यादेश तत्काल फिर्ता लिनकांग्रेसका महामन्त्री गगन थापाको माग छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले अध्यादेश असंवैधानिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गरेका हुन् ।उनले लेखेका छन् ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’कांग्रेसका अर्का महामन्त्

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 90 पटक पढिएको
  • रेशम चौधरी छुट्ने भन्दै फूलमालासहित कारागार पुगे कार्यकर्ता

    काठमाडौँ / टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी छुट्ने हल्लाले नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता डिल्लीबजार कारागार पुगेका छन् । सरकारले रेशमको रिहाइका लागि अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट उनीहरू पार्टीको झण्डासहित फूलमाला बोकेर स्वागतका लागि डिल्लीबजार कारागार पुगेका हुन् ।  २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।आइतबार ब

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.