काठमाडौं / अध्यादेश तत्काल फिर्ता लिनकांग्रेसका महामन्त्री गगन थापाको माग छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले अध्यादेश असंवैधानिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गरेका हुन् ।
उनले लेखेका छन् ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइप्रति समर्थन जनाउँदै पाले यो शर्मा र आफ्नो मात्र नभई पार्टीकै धारणा भएको समेत बताएका छन् ।
यसअघि महामन्त्री शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए ।





































