काठमाडौँ / टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी छुट्ने हल्लाले नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता डिल्लीबजार कारागार पुगेका छन् ।
सरकारले रेशमको रिहाइका लागि अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट उनीहरू पार्टीको झण्डासहित फूलमाला बोकेर स्वागतका लागि डिल्लीबजार कारागार पुगेका हुन् ।
२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो ।
सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ ।
यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूची नेगेटिभ लिस्लाई संशोधन गरिने छ ।





































