काठमाडौं  / जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ ।

 जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सनु’ विभूषणबाट पौडेललाई सम्मान गर्ने यसअघि नै घोषणा गरिसकेको थियो ।

OM Sai Pathibhara Hospital

पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ। पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ । जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए । जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुई पटक यो सम्मान दिने गर्छ, जसमा विदेशी नागरिक कम पर्छन् ।

पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि यो विभूषण दिन लागिएको हो । पौडेल नेपाल–जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।