काठमाडाैँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भेटेका छन् । गुरुङले मंगलबार  बालकाेट पुगेर ओलीलाइ भेटेका हुन् ।

‘मैले केपी कमरेडलाई भेटेर बधाई दिन गएको हुँ । अरु पाँच दलका नेताहरूलाई बैठकमै भेटिन्छ कुराकानी हुन्छ’उनले भने– केपी ओलीलाई अन्त भेट नहुने भएपछि निवासै गएको हुँ । बधाई र शुभेच्छा प्रकट गरेको हुँ । अरु विषयमा कुराकानी भएन ।’ 

OM Sai Pathibhara Hospital

गुरुङले ओलीसँग एक घण्टाभन्दा बढी समय कुराकानी गरेको बताएको छ ।