राजनीति

    Showing 7,031-7,040 of 10,368 items.
  • माधव नेपाल शपथ लिन संसद्‌मा, फेरि अस्पताल नै जाने

    काठमाडौं / एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किने भएका छन् ।उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्नेछन् ।छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुगेका थिए ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 108 पटक पढिएको
  • शपथग्रहणका लागि संसद् भवन पुग्दै नवनिर्वाचित संसद्हरू

    काठमाडौं /  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरु शपथग्रहणका लागि संसद भवन  पुगेका छन् । नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी  हुन् ।प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 120 पटक पढिएको
  • ज्येष्ठ सदस्य पशुपति शमशेरले लिए शपथ

    काठमाडौं / राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई भोलि शपथ गराउने कार्यक्रम रहेको छ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 119 पटक पढिएको
  • रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

     काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो ।रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् , तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको रिट निवेदकमध्येका एक युवराज सफलले जानकारी दिएका छन् ।लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरहेको जिकिर रिटमा छ ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 116 पटक पढिएको
  • परिणाम अपेक्षाकृत होइन, तर निराश हुन्न : गगन थापा

    काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।मत परिणाम सार्वजनिक भएपछि थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन, तर म थाक्दिनँ, निराश हुन्न , थप मिहिनेत गर्छु ।’थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए, तर आफू सरकारमा नजाने बताएका छन् ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 129 पटक पढिएको
  • गगनले पाएनन् आफ्नै समूहका सांसदको मत

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 143 पटक पढिएको
  • गगनले गराए उम्मेदवारी दर्ता

    काठमाडौं / नेपाली कांग्रे नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् ।समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् ।कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि बुधबार बिहान मतदान हुदैँ छ ।

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 111 पटक पढिएको
  • सर्वाधिक मत नल्याएकोमा ओलीलाई सम्मान

    काठमाडौं / नेकपा एमालेले मंसिरको आम निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारमध्ये लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको छ ।नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई सर्वाधिक मत ल्याएको भन्दै सम्मानित गरिएको हो ।अध्यक्ष ओली झापा ५ बाट ५२ हजार ३१९ मत ल्याउँदै निर्वाचित भएका हुुन्। ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।कमलादीमा भएको कार्यक्रममा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 136 पटक पढिएको
  • राप्रपाले संसदीय दलको नेता चयन गर्दै

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले  आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।त्यसका लागि सांसदहरूको बैठक साढे २ बजे पार्टी कार्यालयमा बस्ने निर्णय भएको हो ।राप्रपाको प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् । हालसम्म यो पार्टीमा संसदीय दलको नेतामा कसैले दावी सार्वजनिक गरेको छैन ।अध्यक्ष राजेन्द्र लिङ्देन नै संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 106 पटक पढिएको
  • ज्येष्ठ सांसद जबराले राष्ट्रपतिबाट बुधबार शपथ लिने

    काठमाडौं / प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद् सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको छ ।नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटि रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् । यादवले नागरिकतामा जन्म मिति सच्चाउन निवेदन दिए पनि नसच्चिएको बताउँदै आएका छन् । सांसदहरूको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपत

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.