काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।

दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।

OM Sai Pathibhara Hospital

मत परिणाम सार्वजनिक भएपछि थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन, तर म थाक्दिनँ, निराश हुन्न , थप मिहिनेत गर्छु ।’

थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए, तर आफू सरकारमा नजाने बताएका छन् ।