काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले  आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

त्यसका लागि सांसदहरूको बैठक साढे २ बजे पार्टी कार्यालयमा बस्ने निर्णय भएको हो ।

OM Sai Pathibhara Hospital

राप्रपाको प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् । हालसम्म यो पार्टीमा संसदीय दलको नेतामा कसैले दावी सार्वजनिक गरेको छैन ।

अध्यक्ष राजेन्द्र लिङ्देन नै संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ ।