काठमाडौं / नेकपा एमालेले मंसिरको आम निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारमध्ये लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई सर्वाधिक मत ल्याएको भन्दै सम्मानित गरिएको हो ।

OM Sai Pathibhara Hospital

अध्यक्ष ओली झापा ५ बाट ५२ हजार ३१९ मत ल्याउँदै निर्वाचित भएका हुुन्। ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

कमलादीमा भएको कार्यक्रममा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरेका हुन् ।