काठमाडौं / प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । 

संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद् सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको छ ।

OM Sai Pathibhara Hospital

नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटि रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् । यादवले नागरिकतामा जन्म मिति सच्चाउन निवेदन दिए पनि नसच्चिएको बताउँदै आएका छन् । 

सांसदहरूको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा पठाएपछि सोही अनुसार उनको शपथअनुसार बुधबार शपथको मिति तोकिएको छ । राणाले बुधबार राष्ट्रपतिबाट शपथ लिएपछि उनले बिहीबार अन्य सदस्यलाई संसद् भवन नयाँ बानेश्वरमा सपथ गराउनेछन् ।