काठमाडौं /  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरु शपथग्रहणका लागि संसद भवन  पुगेका छन् । 

नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी  हुन् ।

प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।