राजनीति

    Showing 6,991-7,000 of 10,368 items.
  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना नयाँ मन्त्रीहरू थपिएका हुन् ।नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका हुन् ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 166 पटक पढिएको
  • सभामुखमा झापा २ का घिमिरेलाई उम्मेदवार बनाउने ओलीको तयारी

    झापा / संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ । त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ । एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रूपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् । विश्वकर्मा सचिव हुन् । तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बताएको छ

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 174 पटक पढिएको
  • डा. विमला राई पौडेल परराष्ट्रमन्त्रीमा पक्का

    काठमाडौं / नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा.विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. पौडेलको नाम पक्का भएको छ ।डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 167 पटक पढिएको
  • स्वास्थ्यमन्त्री एमालेका सांसद पदम गिरी बन्ने

    काठमाडौं / नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्य सहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 160 पटक पढिएको
  • मन्त्रालयको भागबण्डा टुँगो लाग्यो, नयाँ मन्त्रीहरुको सपथ आज १ बजे

    सत्ता गठबन्धनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। सोहीअनुसार सोमबार साँझदेखि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुँगो लगाएको हो । मन्त्रालयको भागबण्डामा सहमति जुटेको बैठकमा सहभागी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।मङलबार नै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ । आज  दिउँसो १ बजेको लागि नयाँ मन्त्रीहरुको सपथ राखिएको छ । स्रोतकाअनुसार एमालेले ८ मन्त्रालय पाएको छ । सरकारको नेतृत्वको गरेको नेकपा (माओवादी केन्द्र) ले भने थप ४ वटा मन्त्रालय पाएको छ।रास्वपाले तीन र राप्रपाले पनि तीन मन्त्रालय पाएको छ । जसपाले भने २ मन्त्रालय पाएको छ । सरकारमा क कसलाई पठाउने

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 350 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ। रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।

    • प्रकाशित मितिः माघ २, २०७९
    • 175 पटक पढिएको
  • लोकतान्त्रिक समाजवादीक पार्टी (लोसपा) पनि सरकारमा जाने

    लोकतान्त्रिक समाजवादीक पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।लोसपाले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको हो । लोसपाले एउटा मन्त्रालय पाउने भएको छ ।कुन मन्त्रालयले लोसपाले पाउने भन्नेबारेमा भने खुलाइएको छैन ।

    • प्रकाशित मितिः माघ २, २०७९
    • 127 पटक पढिएको
  • केपी ओली भेट्न बालकोट पुगे प्रचण्ड

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।दुई नेताबीच भेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुख बारे छलफल रहेको नेताहरूले बताएका छन् ।सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।जारी भेटमा मन्त्रिपरिषद्को भागबन्डा मिले मन्त्रिपरिषद् विस्तार गर्ने र सभामुखको विषय माथिको छलफललाई अन्तिम रूप दिने दुई नेताको तयारी छ ।

    • प्रकाशित मितिः माघ २, २०७९
    • 212 पटक पढिएको
  • माओवादीबाट रेखा, सुदन र महिन्द्र मन्त्री बन्दै

    काठमाडौं / नेकपा माओवादी केन्द्रले सांसदहरू महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरूबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषधमा ५ जना रहने समझदारी छ ।माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषधमा सहभागी हुन पाउँछन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 182 पटक पढिएको
  • प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

    विराटनगर / प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनमा भएको भागबन्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो । माओवादीले ओखलढुङ्गाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो ।नेकपा एमालेका रेवतिरमण भण्डारी प्रस्तावक र नारायणबहादुर मगर लगायत समर्थक थिए ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै दिएन ।प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । ए

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.