सत्ता गठबन्धनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। सोहीअनुसार सोमबार साँझदेखि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुँगो लगाएको हो । मन्त्रालयको भागबण्डामा सहमति जुटेको बैठकमा सहभागी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

मङलबार नै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ । आज  दिउँसो १ बजेको लागि नयाँ मन्त्रीहरुको सपथ राखिएको छ । स्रोतकाअनुसार एमालेले ८ मन्त्रालय पाएको छ । सरकारको नेतृत्वको गरेको नेकपा (माओवादी केन्द्र) ले भने थप ४ वटा मन्त्रालय पाएको छ।

OM Sai Pathibhara Hospital

रास्वपाले तीन र राप्रपाले पनि तीन मन्त्रालय पाएको छ । जसपाले भने २ मन्त्रालय पाएको छ । सरकारमा क कसलाई पठाउने भन्नेबारे दलहरुले आन्तरिक निर्णय गर्नेछन् ।

एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी : भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा : गृह, शिक्षा र श्रम

राप्रपा : उर्जा, खानेपानी र युवा तथा खेलकुद

  जसपा  : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

  जनमत : ......