काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।

दुई नेताबीच भेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुख बारे छलफल रहेको नेताहरूले बताएका छन् ।

OM Sai Pathibhara Hospital

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

जारी भेटमा मन्त्रिपरिषद्को भागबन्डा मिले मन्त्रिपरिषद् विस्तार गर्ने र सभामुखको विषय माथिको छलफललाई अन्तिम रूप दिने दुई नेताको तयारी छ ।