झापा / संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ । त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ । 

OM Sai Pathibhara Hospital

एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रूपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् । विश्वकर्मा सचिव हुन् । तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बताएको छ। झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ।

एमाले प्रदेश –१ इन्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए। एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन् ।