राजनीति

    Showing 61-70 of 10,271 items.
  • ‘आदिवासीको पहिचान र संस्कृति नै नेपालको गौरव’ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजातिको पहिचान, संस्कृति र मौलिक परम्परा नेपालको राष्ट्रिय गौरव भएको बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको विविधतालाई बलियो बनाउने आधार नै विभिन्न समुदायको मौलिक पहिचान भएको बताएका हुन् ।राष्ट्रपति पौडेलले संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक, अधिकार र हित सुनिश्चित गरेको उल्लेख गरे । राज्यका नीति निर्माणदेखि निर्णायक तहसम्म आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व रहेको उनको भनाइ छ । स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधि

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 109 पटक पढिएको
  • ‘राजनीतिक उतारचढावबाट नआत्तिनुस्, सरकारलाई सही गन्तव्यमा पु-याउँछौँ’ : सभापति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र देखिने सानातिना उतारचढावबाट नआत्तिन आग्रह गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई सही बाटोमा डो-याएर गन्तव्यमा पु-याउने दाबी गरे । लामिछानेले राजनीतिक परिस्थितिलाई हवाई यात्रासँग तुलना गर्दै कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिए पनि त्यसैलाई दुर्घटनाको संकेत मानेर डराउन नहुने बताए । सरकारको यात्रामा पनि चुनौती, आलोचना र उतारचढाव आउन सक्ने तर त्यसबाट आत्तिन नहुने उनको भनाइ थियो । उनले सरकार आफ्नो वाचा र प्रतिबद्धताअनुसार अघि बढ्न नसके वा गलत बाटोमा जान खोजे आफ्नै पार्

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 88 पटक पढिएको
  • आदिवासी पहिचान र अधिकार जोगाउन नयाँ संकल्प गरौँ : कुलमान

    काठमाडौं । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालसहित विश्वभरका आदिवासी जनजाति समुदायलाई शुभकामना व्यक्त गर्दै पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षणलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको सम्मान स् जीवन र स्वास्थ्यको संरक्षण’ भन्ने नारासहित विश्व आदिवासी दिवस मनाइरहँदा आदिवासी समुदायका मौलिक ज्ञान, परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवनपद्धतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने घिसिङले बताएका छन् ।उनले आदिवासी जनजाति समुदायका परम्परागत ज्ञान र अभ्यास केवल इतिहासको हिस्सा

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 90 पटक पढिएको
  • कांग्रेसभित्र फेरि तात्यो राजनीति, केन्द्रीय समिति बैठकमा ‘इतर समूह’देखि महाधिवेशनसम्मको हिसाब

    काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय बढेको आन्तरिक विवाद र राजनीतिक अन्योलबीच आज केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।केन्द्रीय समिति बैठकमा संस्थापन इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन र सर्वोच्च अदालतको पछिल्लो निर्णय मुख्य एजेण्डाका रूपमा रहने भएका छन् । कम्तीमा दुई दिनसम्म चल्ने बैठकले पार्टीभित्र देखिएको पछिल्लो असन्तुष्टि र संगठनात्मक विवादबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ ।संस्थापन इतर समूहले पार्टी नेतृत्वले आपसी

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 84 पटक पढिएको
  • अधिकारको लडाइँ अझै बाँकी छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकार प्राप्तिको संघर्ष अझै पूरा नभएको बताएका छन्। विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्राप्त अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि संघर्षलाई थप सशक्त बनाउनुपर्ने बताएका हुन्। प्रचण्डले पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष तथा बलिदानबाट प्राप्त समावेशी, समानुपातिक र सहभागितामूलक अधिकारको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्। उनले अधिकारको प्रश्नलाई कुनै एउटा समुदायको विषयमा सीमित नराखी समग्र लोकतन्त्र, सामाजिक न्य

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 30 पटक पढिएको
  • हर्मुज जलमार्ग खुलाउन इरानका थप सर्त, ओमानसँग वार्ता अन्तिम चरणमा

    काठमाडौं / इरानले हर्मुज जलमार्ग पुनः सञ्चालनका लागि ओमानसँग नयाँ ढुवानी प्रोटोकलमा सहमति नजिक पुगेको जनाएको छ। यद्यपि, जलमार्ग पूर्ण रूपमा खुलाउन अमेरिकाले इरानले अघि सारेका सर्तहरू पूरा गर्नुपर्ने अडान तेहरानले दोहोर्‍याएको छ।अल जजिराका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी०का प्रवक्ता सरदार मोहिबीले ओमानसँग भइरहेको प्राविधिक वार्ता र अमेरिकासँग जोडिएका राजनीतिक सर्तहरू फरक विषय भएको बताएका छन्। उनका अनुसार जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकाले इरानका मागहरू स्वीकार गर्नुका साथै क्षेत्रीय मामिलामा हस्तक्षेप बन्द गर्नुपर्नेछ। इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँ

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 2,104 पटक पढिएको
  • नेपालको विविधता राष्ट्रिय एकताको आधार : ओली

    काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन्।विश्व आदिवासी दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले विविधताबीचको आपसी सद्भाव, सहअस्तित्व र एकताले देशको राष्ट्रिय शक्ति अझ सुदृढ बनाउने उल्लेख गरे।उनले नेपालको संविधानले सबै समुदायलाई समान अधिकार प्रदान गर्नुका साथै समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको बताए। आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको संरक्षण तथा सम्मान गर्नुपर्नेमा उनले जोड दिए।अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 123 पटक पढिएको
  • ग्यास अभाव केही दिनमै हट्छ: मन्त्री यादव

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको वितरण समस्या केही दिनमै समाधान हुने भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेकी छिन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अघिल्लो वर्षको तुलनामा पर्याप्त परिमाणमा ग्यास आयात र वितरण भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक माग बढेकाले केही समय वितरणमा असहजता देखिएको बताइन् । उनका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले नेपाल आयल निगम, ग्यास उद्योगी तथा

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 326 पटक पढिएको
  • राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

    काठमाडौं / नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन्। शुक्रबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको एकता र भावी कार्यदिशा तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताए।उनले भने, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 218 पटक पढिएको
  • संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह

    काठमाडौं /श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। उनले निरन्तरको अवरोधले संसद्को समय खेर गएको र जनतामा गलत सन्देश गएको बताए। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संसद् अवरुद्ध भइरहँदा जनताले आफ्ना प्रतिनिधिलाई हेरिरहेको भन्दै जतिसक्दो छिटो राजनीतिक सहमतिमार्फत निकास निकाल्नुपर्ने बताए।उनले भने, ‘म चाहिँ यो विषयमा अगाडिदेखि नै सकेभर छिटो टुङ्ग्याऔँ भन्ने पक्षमा छु। जनताले तपाईं–हामीलाई उनीहरूको प्रतिनिधि बनाएर पठाएका हुन्। उहाँहरू हामीलाई हेरिरहनुभएको छ। यस्तो अवस्था

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.