काठमाडौँ / नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ ।यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।
बिर्तामोड / वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले सक्रिय भएर राजनीति गर्ने भएकी छिन् । लिमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्ने भएकी हुन् ।एकीकृत समाजवादीले लिमालाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ।यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवा गरिरहेकी लिमा नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्। लिमा भरतमोहनी माइली छोरी हुन् ।
बिर्तामोड / भारतको अतिक्रमण सहँदै आएको नेपालले चीनबाट पनि भूमी अतिक्रमणको समस्या झेल्नु परेको छ । लामो समयदेखि हुम्लाको विभिन्न ठाउँमा अघोषित रुपमा भुमी अतिक्रमण गर्दै आएको चीनले पछिल्लो समय नेपाली भुमीमा आफ्नो लालझण्डा नै गाडेको छ । चीनले हुम्लाको सदरमुकाम सिमीकोटबाट करिब सय किलोमिटरको उचाइमा पर्ने नाम्खा गाउँपालिका –६ स्थित लिमी उपत्यकाको वाउँ लाप्चा भन्ने स्थानमा झण्डा गाडेको हो । बाउँ लाप्चा क्षेत्रबाट कैलाश र मानसरोवर स्पष्ट रुपमा देखिन्छ । लाप्चा क्षेत्रबाट कैलाश र मानसरोवर देखिने भएकाले नै चीनले यो भूमिमा आखा गाडेको स्थानियको भनाइ छ । चीनले १२ नम्बरको सीमा स्तम्भनै नयाँ ब
काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले कुवेतका विदेशमन्त्री डा. अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरु बीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवद्र्धनलगायत साझा चासो र अन्य विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्ति कार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरे । त्यस अवसरमा उनीहरूबीच राष्ट्रसङ्घ
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य रहेको बताएका छन् । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए । । दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस निमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका संयुक्त राष्ट्रसङ्घका ल
बिर्तामोड / बेथिति र भ्रष्टाचारका विषयमा चर्का कुरा गर्ने ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी आफैं बेथिति र भ्रष्टाचारको विषयमा मुछिएका छन् । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाबाट भएका काम र खर्चमा प्रश्न उठाएपछि मेयर चौधरी बेथिति र भ्रष्टाचारको विषयमा आफै मुछिएका हुन् ।मेयर भए देखि नै उछृखल गतिविधि , घटना र कामका कारण चर्चामा रहेका चौधरीको कार्यकालमा नियम र कानुनको धज्जी उडाउँदै ४९ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । महालेखाको प्रतिवेदनमा यसपटक ३७ करोड र अघिल्लो वर्षमा ११ करोड भन्दा वढी
काठमाण्डौ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले नेपालका विकासमा बैंकले पु¥याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरेकी छन्। उनले भनिन् , “हामी छिटो विकास गर्न चाहन्छौँ, आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ ।” मन्त्री भुसालले जनताको अधिकारका लागि
काठमाडौँ / पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसीसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए । “स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नस
काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।ती जिल्लामा दशैँ अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन् । हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउ
काठमाडौँ / सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेश विरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको नामावली नआएका कारण सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, –“नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट दुई/दुई जना एमिकस क्युरी बोलाउने आदेश भएको थियो, सो आदेशअनुसार नामावली प्राप्त भएको नदेखिँदा नामावली प्राप्त हुनेबित्तिकै तत्काल पेसी तोक्न आदेश भएको छ ।”&n
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.