राजनीति

    Showing 6,591-6,600 of 10,361 items.
  • कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलायो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन्। मंगलबार बिहान १० बजेदेखि सुरु हुने गरी देउवाले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेका हुन्। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार बिहान १० बजेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 183 पटक पढिएको
  • सरकार ढाल्नेतिर लाग्दैनौँ, ०८४ मा बहुमत ल्याउँछौँ; अध्यक्ष केपी शर्मा ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने उद्देश्यका साथ अघि बढेको बताए ।‘यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिसन २०८४ भनेका छौँ । दिगो ढंगले हामी राजनीति गर्न चाहन्छौँ । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौँ’ उनले भने । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले जनताका लागि केही गर्न नसकेको बताए । ‘यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 249 पटक पढिएको
  • राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ गते

    काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वचन फागनु २९ गते हुने भएको छ । राष्ट्रियसभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ ।राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि उक्त पद रिक्त हुँदैछ । त्यसैले नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो ।शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 230 पटक पढिएको
  • जनमत पार्टी सरकारबाट नबाहिरिने

    काठमाडौं  ।  जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ। समसामयिक राजनीतिबारे छलफल गर्न बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो।मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो। पार्टीका प्रवक्ता डा शरद्सिंह यादवका अनुसार बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको छ।बैठकमा पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। बैठकले आगामी जेठ १५ गते

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 184 पटक पढिएको
  • संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

    काठमाडौं  ।   संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबार (आज)देखि सुरु हुँदै छ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन्।यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन्। सभामुखले विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श गरिसकेका छन्।नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 208 पटक पढिएको
  • रास्वपाको राष्ट्रव्यापी दबाब अभियान आजदेखि सुरु

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।सभापति लामिछानेले पार्टी पदाधिकारी र सांसदहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको यसको शुरुआत  सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाबाट गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले बताए ।रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक– काठमाडौँ दबाब यात्राको

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 244 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई शीर्ष नेताबीच आधा घण्टादेखि भेटवार्ता जारी छ । संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ ।दलहरूबीच टीआरसीमा सहमति जुटाउने प्रयास पनि जारी छ । माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 209 पटक पढिएको
  • आज काँग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज  बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवनमा बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन । बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले  बताएका छन। संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 209 पटक पढिएको
  • तीन संसदीय समितिको बैठक बस्दै

    काठमाण्डौ  । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ। त्यस्तै साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ। दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 234 पटक पढिएको
  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए।संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको छ। यो अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र विकास आयोजनमा दबाब यात्रा गर्दैछ। अलपत्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा गर्ने बताएको छ। काठमाडौंबाट मेलम्चीको  मुहान अम्बाथानसम्मै पुग्ने दबाब यात्राको थालनी पार्टी सभापति रवि लामिछानेले नै गर्ने रास्वपाले

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 247 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.