राजनीति

    Showing 651-660 of 7,491 items.
  • उज्यालो नेपाल, नागरिक उन्मुक्ति र हाम्रो पार्टीबीच एकता प्रक्रियामा तीव्रता

    काठमाडौं— कुलमान घिसिङको समर्थन रहेको बताइने उज्यालो नेपाल पार्टीसहित तीन राजनीतिक दलबीच एकता प्रक्रियालाई तीव्र बनाइएको छ। उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एउटै संगठनमा एकीकृत हुने उद्देश्यसहित निरन्तर संवादमा रहेका छन्।नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीका अनुसार दलहरूले एकताको अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। उनका अनुसार मंगलबार मात्र पनि कुलमान घिसिङ सहभागी रहने गरी संयुक्त बैठक बसेको र एकताका प्रमुख बुँदाहरूमा छलफल भएको छ।‘हामी अहिले एकताको बिलकुल नजिक छौँ,’ चौधरीले बताए, ‘फागुन २१ गते हुने निर्वाचनका लागि मर्ज

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 383 पटक पढिएको
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पहिलो दलका प्रतिनिधिहरु सनाखतका लागि आयोगमा

    काठमाडौं— यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो दल ‘समावेशी समाजवादी पार्टी’का प्रतिनिधिहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।नुमा लिम्बूको अध्यक्षतामा समावेशी समाजवादी पार्टीले आयोगमा यसअघि नै निवेदन दिएको थियो । ‘दल दर्ताका लागि दिएको निवेदनपछि सनाखतका लागि हामी निर्वाचन आयोग आएका हौं, संभवत आज(मंगलबार)नै प्रमाणपत्र पाउने अपेक्षा गरेका छौं,’ उक्त पार्टीका संरक्षक सुनिलबाबु पन्तले भने ।आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र लिन चाहेको पनि पन्तले जानकारी दिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी नुमा लिम्बुको अध्यक्षता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 377 पटक पढिएको
  • एमालेका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश, केन्द्रीय सदस्यमा मनोनयन

    काठमाडौं— एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले दुलाललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन।पार्टी प्रवेशपछि दुलालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक रहेको बताए । एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपा रोज्न बाध्य भएको उनले टिप्पणी गरे। उनका अनुसार देशभरका कम्युनिस्ट शक्तिलाई एउटै धारमा उभ्याउनु अहिलेको आवश्यकता हो, र त्यसैले आफू नेकपामा समाहित भएको हो।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 372 पटक पढिएको
  • हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी

    सुर्खेत— नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा युवाहरुले नाराबाजी गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका बस्नेतविरुद्व जेनजी युवाहरुले नाराबाजीसहित कार्यक्रममा अवरोध गर्ने खोजेपछि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्नेतलगायतका एमाले नेताहरु सुर्खेत आउन लागेको खवर पाएपछि जेन्जीहरुले अवरोध प्रयास गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम भईरहँदा बाहिर जेनजीहरुको नाराबाजी कायमै छ । एमाले नेता महेश बस्नेत बिरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 361 पटक पढिएको
  • कास्कीमा १७ हजार ७८६ मतदाता थपिए

    पोखरा— कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् । नयाँ थपिएका मतदातामा अधिकांश युवा छन् । यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । 'मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ हुनसक्छ,'उनले भने, 'कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 343 पटक पढिएको
  • सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो

    काठमाडौं— सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ । मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो । हिजो सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । 

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 380 पटक पढिएको
  • एमाले र राप्रपाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गराए

    काठमाडौं— प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गराएको छ।आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्।दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए।प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ।  एमाले र राप्रपाले पनि दल दर्ता गराएसँगै अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६६ दल दर्ता भइसकेका छन्।निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पु

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 362 पटक पढिएको
  • जेनजी आन्दोलन:ओली-लेखकसहितका ९ जाहेरी तामेलीमा

    काठमाडौं— जेनजी आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ ।जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको हो ।जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन शाह, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायत विरुद्ध परेका गरी ९ वटा जाहेरी तामेलीमा राखिएको हो ।तत्काल प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले निर्णय जाहेरी तामेलीमा राखिएको हो ।प्रहरीमा आएका १०४ जाहेरी भन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 358 पटक पढिएको
  • सुर्खेतमा महेश बस्नेतविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था कडा

    काठमाडौं— नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध मंगलबार सुर्खेतमा ‘जेनजी’ले प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बस्नेत मंगलबारै बिहान सुर्खेत आइपुगेका छन्  ।वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा यस दिन कार्यक्रम तय गरिएको संगठनले जनाएको छ । बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 367 पटक पढिएको
  • नवलपरासीमा छ हजार मतदाता थपिए

    काठमाडौं—  पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 368 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा