राजनीति

    Showing 641-650 of 7,491 items.
  • एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा

    काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ ।आगामी मंसिर २७ गते महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित सडक नजिकैको खुला चौरमा गर्न लागिएको हो । काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरमा गर्ने भएको हो । महाधिवेशनको बन्द सत्र भने काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमै हुने भएको छ ।यसबारेमा निर्णय गर्न महासचिव शंकर पोखरेल संयोजक रहेको सचिवालयले आवश्यक निर्णय लिनेछ । ‘भृकुटीमण्डपमा उद्घाटन गर्दा यातायात व्यवस्थापनदेखि कार्यकर्ता अटाउनसमेत समस्या हुने देखियो’, एमाले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 407 पटक पढिएको
  • एमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

    काठमाडौं— नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो ।मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 282 पटक पढिएको
  • जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आए

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 278 पटक पढिएको
  • बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 299 पटक पढिएको
  • ६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे । ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरु दर्तामा आउनु हुनेछ । त्यसैले आयोग

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 205 पटक पढिएको
  • नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 180 पटक पढिएको
  • गण्डकी विश्वविद्यालयका नवनियुक्त निमित्त उपकुलपतिविरुद्ध अख्तियारमा योग्यता जालसाजीको उजुरी

    काठमाडौं— गण्डकी विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा ५ वर्ष काम गरेपछि यही कात्तिकको अन्तिममा निमित्त उपकुलपति नियुक्त भएका कैलाश तिमिल्सिनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको छ।उनले विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा जागिर खाने बेलामा आफ्नो योग्यताको प्रमाणपत्रमा जालसाजी गरेको उजुरीकर्ताको आरोप छ।उजुरीमा उल्लेख भएअनुसार विश्वविद्यालयको रजिष्ट्रारको रुपमा नियुक्तिका लागि स्नातकोत्तरसहित कम्तीका १० वर्ष अनुसन्धान वा अध्यापनको अनुभव वा ५ वर्ष व्यवस्थापकीय पदमा रही ५ वर्ष काम गरेको अनुभव वा विश्वविद्यालयको बरिष्ठ प्रशासकको रुपमा ४ वर्ष काम गरेको अनुभव आवश्यक हुने कानुनी व्यवस्था छ।उज

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 408 पटक पढिएको
  • बागमती प्रदेश सरकारले जीप खरिद प्रक्रिया अघि बढाएपछि आलोचना

    हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जीप’ खरिद प्रक्रिया अघि बढाएपछि आलोचना सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जारी गरेका दुई छुट्टाछुट्टै सूचनाबाट उक्त खरिद प्रक्रिया औपचारिक रुपमा अघि बढाएको सार्वजनिक सूचनामा उल्लेख छ ।  प्रदेश सरकारले  कात्तिक २ गते जारी गरेको पहिलो सूचनामा १ करोड १४ लाख ४० हजार ४ सय ८० रुपैयाँ भ्याटसहित अनुमानित लागतमा जीप खरिदका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 94 पटक पढिएको
  • एमालेद्वारा सर्वोच्चमा रिट

    काठमाडौँ। प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ । विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा उक्त रिट निवेदन दिनुभएकोे हो । सो रिट निवेदनमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति, प्रतिनिधिसभा विघटन तथा त्यसपछि भएका सबै निर्णय र नियुक्ति बदर गर्न माग गरिएको छ । रिटमा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति, कुनै दलको समर्थन नपाएको तथा संविधानका धारा, ७६ र १३२ (२) विपरीत प्रधानमन्त्री नियुक्ति भएको भन्दै कार्कीको नियुक्ति प्रथम दृष्टिमा नै अस

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 187 पटक पढिएको
  • नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रक्रिया सुरु

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशन प्रक्रिया सुरु भएको छ । मङ्सिर ९ गते मंगलबारबाट एमालेले प्रतिनिधि छनोटको काम अगाडि बढाएसँगै एमालेको महाधिवेशन प्रक्रिया सुरु भएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।मङ्सिर २७–२९ गतेमा काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले मंगलबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको नेता अधिकारीको भनाइ छ ।एमालेले सबै पार्टी कमिटीहरूलाई सकेसम्म महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गर्न निर्देशन दिएको छ । यदि सहमति जुट्न नसके मङ्सिर १३ गते एकै दिन निर्वाचनमार्फत प्रतिनिधि छनोट गर्न भनेको छ ।कतिप

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 242 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा