राजनीति

    Showing 6,301-6,310 of 10,353 items.
  • विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

    काठमाडौँ- काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ। कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए। उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताए।‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ’, उनले भने, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।’ यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा विमा

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 414 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३२९ सदस्यीय बन्ने

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ।यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो ।१० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफल भएपनि निर्णय गर्न बाँकी नै रहेको छ । ‘छलफल भएको छ, निर्णय हुन बाँकी छ’, ती नेताले भने, ‘त्यो दश प्रतिशत २९९ सदस्यीय कमिटी बनेपछि थप्ने कि अहिले नै थपेर घोषणा गर्ने भन्नेमा नेताहरूबिच

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 273 पटक पढिएको
  • गण्डकीका मुख्यमन्त्री पाण्डे भारत जाँदै

    काठमाडौं–सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई कार्यवाहहको जिम्मेवारी दिएर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत जान लागेका छन् । उनी शनिबार उपचारका लागि नयाँदिल्ली जान लागेका हुन् । जानकारी अनुसार मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि जान लागेका पाण्डे ४ दिनपछि फर्किने छन् । यो सँगै मुख्यमन्त्री भारत गएपछि सत्ता समीकरणमा रहेको नेकपा एमालेको अझै केही समय सरकारमा सहभागि हुन नपाउने भएको छ । 

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 313 पटक पढिएको
  • बेचन झा थुनामुक्त हुने रिट खारेज, हिरासतमै रहने

    काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफूलाई थुनामुक्त गर्न माग गर्दै दिएको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेजीको आदेश दिँदै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरिदिएको हो। जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक(पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले गत असार ३० गते

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 502 पटक पढिएको
  • योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी

    काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका सदस्य अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।त्यस्तै आजकै बैठकले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 160 पटक पढिएको
  • लीलादेवी बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

    काठमाडौँ- नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छन्।  आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी कायममुकायम मुख्यसचिव थिइन्।उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन्। उनी कानुन सेवाबाट सचिव भएकी थिइन्। उनी २०७७ कात्तिक २७मा सचिव पदमा बढुवा भएकी हुन्। निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि उनी कामु मुख्यसचिव बनेकी थिइन्। अर्यालसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।अख्तियारले अर्यालसहित रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही,

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 397 पटक पढिएको
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौं- प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गर्ने तयारी छ। 

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 156 पटक पढिएको
  • हामी विरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : माधव नेपाल

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आएको बताएका हुन् । उनले सो बारेमा यकिन नभइसके पनि पार्टीबिरुद्ध षड्यन्त्र सुरु भएको बताए । उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताए । उनले भने, ‘हाम्रा बिरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाह

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 263 पटक पढिएको
  • मुकुल बर्खास्त भएपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक आज

    काठमाडौं–महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको पहिलो बैठक आज बोलाइएको छ । आज बिहान ११ बजे बस्नेगरी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । आज संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुनेछ । आज रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्रको कुरा पनि चर्चामा आउने जनाइएको छ । रानामाथि ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् । बर्खास्तीमा परेका ढकालले आफूसँग र

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 490 पटक पढिएको
  • संविधानको मर्मविपरीत हुनेगरी सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन

    काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुनेगरी सार्वजनिक निकायमा नियुक्ति नगर्नरनगराउन निर्देशन गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा राज्यका महत्वपूर्ण संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गरिएको उल्लेख छ। आयोगले नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्चपदमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रुपमा विवा

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 503 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.