काठमाडौं–सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई कार्यवाहहको जिम्मेवारी दिएर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत जान लागेका छन् । उनी शनिबार उपचारका लागि नयाँदिल्ली जान लागेका हुन् ।

जानकारी अनुसार मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि जान लागेका पाण्डे ४ दिनपछि फर्किने छन् । यो सँगै मुख्यमन्त्री भारत गएपछि सत्ता समीकरणमा रहेको नेकपा एमालेको अझै केही समय सरकारमा सहभागि हुन नपाउने भएको छ ।