काठमाडौं–महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको पहिलो बैठक आज बोलाइएको छ । आज बिहान ११ बजे बस्नेगरी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।

आज संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुनेछ । आज रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्रको कुरा पनि चर्चामा आउने जनाइएको छ ।

OM Sai Pathibhara Hospital

रानामाथि ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् । बर्खास्तीमा परेका ढकालले आफूसँग रानाविरुद्ध प्रमाण रहेको भनेपछि थप विवादमा परेकी थिइन् ।