राजनीति

    Showing 6,291-6,300 of 10,353 items.
  • रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा मुकुल ढकालको पत्र

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाएका डा। मुकुल ढकालले निर्वाचन आयोग गुहारेका छन्। आफूलाई कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको उनको दाबी छ।निर्वाचन आयोगका प्रमुख आयुक्तलाई पत्र पठाउँदै ढकालले रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएको खण्डमा त्यसलाई कार्यान्वयन नगर्न दबाब समेत दिएका छन् ।पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 289 पटक पढिएको
  • मिल्यो कोशीको भागबन्डा, भोली मन्त्रिपरिषद् विस्तार हुने

    काठमाडौं–केन्द्रमा गठबन्धन गरेपनि नेपाली कांग्रेस र नेकपा एमालेलाई प्रदेशमा भागबन्डा मिलाउन समस्या भइरहेको छ । कतिपय प्रदेशमा भागबन्डा नमिलेका कारण नै सरकार विस्तार अगाडि बढ्न सकिरहेको छैन । यसबीच सबैभन्दा अस्थिर प्रदेशको परिचय बनाएको कोशीमा भने दुई दलले बराबर मन्त्रालय लिने सहमति गरेका छन् । काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्नेगरी सहमति गरेको हो । कोशीमा अब एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना मन्त्री बन्नेछन् ।  मन्त्रालय टुंगो लगाएर सोमबार सरकार विस्तार गर्ने तयारी गरिएको छ ।  

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 342 पटक पढिएको
  • संविधान संशोधनबारे जसपा नेपालले थाल्यो छलफल

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा गरिएको अन्तरक्रियामा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायतले ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।संविधान संशोधनको विषयलाई अघि सारेर कांग्रेस–एमाले मिलेपछि जसपा नेपालले पनि सरकारलाई समर्थन गरेको छ।

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 289 पटक पढिएको
  • कम्युनिस्ट पार्टीहरू सत्ता र भत्ताका लागि बने : उपेन्द्र यादव

    काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर थियो । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकि रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका क

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 242 पटक पढिएको
  • बागमतीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, मुख्यमन्त्रीसहित १४ मन्त्री

    काठमाडौँ- बागमती प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ। प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो। प्रदेशका ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी  र विमल ठकुरीले शपथ ग्रहण गरेका हुन्। उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ। बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 286 पटक पढिएको
  • प्रचण्ड भन्छन् : एमालेको ठूलो पंक्ति एकताकै पक्षमा छ

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक असफल हुँदैमा नेपालका कम्युनिस्ट पार्टीहरू एक हुने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन्। शनिबार काठमाडौँमा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘एकचोटी असफल भयो भन्दैमा हामीले फेरि नेपालको समाजवादको आधार बनाउनका लागि उद्धेश्य फेर्ने भन्ने हुन सक्दैन। मैले पछिल्लो चोटि पनि वामपन्थी एकतालाई एकताबद्ध बनाउने आधारमा नै एकचोटी जमर्को गरेकै हो। अहिले त्यहाँ के के भयो भन्ने धेरै भन्न चाहन्नँ,’ प्रचण्डले भने। साथै, उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकत

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 375 पटक पढिएको
  • राजेन्द्र महतोले भने : रामचन्द्र रायका हत्या गर्नेको छानबिन होस्

    काठमाडौँ- पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रति दुख व्यक्त गरेका छन्। रायको मलंगवास्थित घरमा पुगी महतोले आज श्रद्धाञ्जली अर्पण गर्नुका साथै रायको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।महतोले राज्यमन्त्री रायको हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकार सँग माग समेत गरेका छन्।पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सोमबार मध्यराति चन्द्रनगर गाउँपालिका(१ स्थित निवासमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 401 पटक पढिएको
  • सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँः माओवादी केन्द्र

    काठमाडौं- नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको छ ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा आफू नेतृत्वको सरकार सफल भएको बताएको जानकारी दिए ।अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 325 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकारमा किरण पौडल नियुक्त

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त भएका छन्।नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पौडेललाई प्रधानमन्त्री ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका छन्।

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 510 पटक पढिएको
  • कोशी प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

    विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताए । ‘उहाँले बाम एलायन्सलाई जोगाउँछु भन्नुभएको थियो,’ आङ्बोले भने, ‘पार्टी अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रस्ट निर्देशन दिनुभएको थियो । तर, अहिले सहमतिको सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हौँ ।’

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 414 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.