विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिने भएको छ । 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताए । 

OM Sai Pathibhara Hospital

‘उहाँले बाम एलायन्सलाई जोगाउँछु भन्नुभएको थियो,’ आङ्बोले भने, ‘पार्टी अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रस्ट निर्देशन दिनुभएको थियो । तर, अहिले सहमतिको सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हौँ ।’