काठमाडौँ- पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रति दुख व्यक्त गरेका छन्। रायको मलंगवास्थित घरमा पुगी महतोले आज श्रद्धाञ्जली अर्पण गर्नुका साथै रायको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

महतोले राज्यमन्त्री रायको हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकार सँग माग समेत गरेका छन्।पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सोमबार मध्यराति चन्द्रनगर गाउँपालिका(१ स्थित निवासमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।