काठमाडौं–केन्द्रमा गठबन्धन गरेपनि नेपाली कांग्रेस र नेकपा एमालेलाई प्रदेशमा भागबन्डा मिलाउन समस्या भइरहेको छ । कतिपय प्रदेशमा भागबन्डा नमिलेका कारण नै सरकार विस्तार अगाडि बढ्न सकिरहेको छैन ।

यसबीच सबैभन्दा अस्थिर प्रदेशको परिचय बनाएको कोशीमा भने दुई दलले बराबर मन्त्रालय लिने सहमति गरेका छन् । काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्नेगरी सहमति गरेको हो ।

OM Sai Pathibhara Hospital

कोशीमा अब एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना मन्त्री बन्नेछन् ।  मन्त्रालय टुंगो लगाएर सोमबार सरकार विस्तार गर्ने तयारी गरिएको छ ।