राजनीति

    Showing 6,271-6,280 of 10,353 items.
  • यी हुन् मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीले दिएको २६ निर्देशन

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट मंगलबार प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन् । उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि निर्देशन दिए ।नागरिकका लागि सहज सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न उनको निर्देशन थियो । उनले हरेक दिन, हप्ता, महिना, त्रैमास, अर्धवार

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 403 पटक पढिएको
  • माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, साउन २५ गते बस्ने

    काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने।  माओवादीको ४ दिनदेखि जारी पदाधिकारी बैठक आज समापन भएको छ।  

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 316 पटक पढिएको
  • रास्वपा सत्ताको पासोमा पर्‍यो : गोकुल बाँस्कोटा

    काठमाडौँ- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सत्ताको लोभमा किन परेको भनेर दलहरूलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बाँस्कोटाले माओवादी केन्द्र र रास्वपाप्रति व्यङ्ग्य गरे ।‘सत्ताको लोभमा किन परेको? कसैले पनि यो नैतिकता देखाउनु भएन । ३२ सिट छ, त्यस कारण सत्ताको तालाचाबी दाबी गर्ने भन्ने कुरा सोच्नुभयो रु पर्खिने धेर्यता राख्नुभयो?,’ उनले भने, ‘हामी नयाँ छौँ केही समय धैर्यता गरेर हेरौँ भन्नुभयो? राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्छौँ भन्न किन सक्नु भएन रु उहाँहरू पनि सत्ताको पासोमा पर्नुभयो।’

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 312 पटक पढिएको
  • देशले संघीयता धान्न सक्दैन : कमल थापा

    काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले संघीयता धान्न नसक्ने बताएका छन्। पार्टीको काठमाडौं ६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले संघीयता खारेज गर्नुपर्ने बताएका हुन्।उनले दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे।  विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे।अध्यक्ष थापाले साम्यवाद, समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको जिकीर पनि गरे। नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनवादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 391 पटक पढिएको
  • सरकारको काँधमा असाधारण जिम्मेवारी छ: प्रधानमन्त्री

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई  निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए।‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 329 पटक पढिएको
  • आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा

    काठमाडौं–बागमती प्रदेशसभामा आज मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् । यही साउन ८ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।  प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७,

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 426 पटक पढिएको
  • भागबण्डाले फेरिए तीन प्रदेशका प्रमुख

    काठमाडौं–मन्त्रिपरिषदको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने भएको  । सोमवार बसेको बैठकले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । उनीहरुको ठाउँमा बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।  

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 351 पटक पढिएको
  • रास्वपाका सांसद वाग्लेको अभिव्यक्ति देश विरोधी : रघुजी पन्त

    काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।प्रतिनिधि सभाको बैठकमा उनले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देश विरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिदैँ आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरित रहेको बताए।उनले भने, ‘आज एकजना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लजास्पद् र खेदजनक छ। यस्तो कुराका आलोचना गर्नुपर्छ। रास्वपाका सांसद स्वर्णिमजी के भन्नुहुन्छ भन्दा म भारतीय मेरो

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 235 पटक पढिएको
  • एमाले सचिवालय बैठक बिहीबार बस्ने

    काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ।गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।  सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 201 पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौँ- सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।सोमबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन्।उनले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४।६ मिलियन एसडीआर अर्थात् एक हजार मिलियन अमेरिकी डलर करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए। सडक सुधार आयोजन

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 258 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.