काठमाडौँ- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सत्ताको लोभमा किन परेको भनेर दलहरूलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बाँस्कोटाले माओवादी केन्द्र र रास्वपाप्रति व्यङ्ग्य गरे ।

‘सत्ताको लोभमा किन परेको? कसैले पनि यो नैतिकता देखाउनु भएन । ३२ सिट छ, त्यस कारण सत्ताको तालाचाबी दाबी गर्ने भन्ने कुरा सोच्नुभयो रु पर्खिने धेर्यता राख्नुभयो?,’ उनले भने, ‘हामी नयाँ छौँ केही समय धैर्यता गरेर हेरौँ भन्नुभयो? राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्छौँ भन्न किन सक्नु भएन रु उहाँहरू पनि सत्ताको पासोमा पर्नुभयो।’