काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले संघीयता धान्न नसक्ने बताएका छन्। पार्टीको काठमाडौं ६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले संघीयता खारेज गर्नुपर्ने बताएका हुन्।
उनले दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे। विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे।

अध्यक्ष थापाले साम्यवाद, समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको जिकीर पनि गरे। नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनवादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो। काङ्ग्रेस, एमाले, माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने उनको भनाई छ।
प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी, राजाराम बर्तौला ‘चुनेली’, राजकुमार खड्का र उज्ज्वल पोखरेल लगायतले बोलेका थिए।