काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा उनले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देश विरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिदैँ आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरित रहेको बताए।

उनले भने, ‘आज एकजना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लजास्पद् र खेदजनक छ। यस्तो कुराका आलोचना गर्नुपर्छ। रास्वपाका सांसद स्वर्णिमजी के भन्नुहुन्छ भन्दा म भारतीय मेरो अधिकारीहरुसँग भारत जादाँ भेट भएको थियो। विभिन्न भएको थियो? अनि भन्नु हुन्छ हामीले भारतीय कुरा बुझ्नु पर्छ। उहाँको भनाई नेपालले दिदैँ आएको परराष्ट्र नीति, असंग्लन परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ताको विपरित छ। स्पष्ट रुपमा यसले देशविरोधी सार तत्वलाई बोकेको छ। यसले नेपालमा नेपालका देशभक्तहरुको अपमान गरेको छ।’