काठमाडौं–मन्त्रिपरिषदको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने भएको  ।

सोमवार बसेको बैठकले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।

उनीहरुको ठाउँमा बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।