बुद्धशान्ति / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को प्रथम अधिवेशनले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा प्रेम नेम्बाङलाई चयन गरेको छ ।५५ सदस्यीय गाउँ कमिटी रहने समितिको उपाध्यक्षमा मात्रिका पौडेल, बिरेन्द्र घतानी र सुजन खतिवडा, सचिव मा रुद्र भण्डारी कोषाध्यक्षमा दिवा सापकोटा चयन भएका छन् ।प्रेम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य, प्रदेश नं १ सहइन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।स्वागत मात्रिका पौडेलले गरेको कार्यक्रमको सञ्चालन दुर्गा ढुङ्गेलले गरेका थिए । सोही कार्यक्रमका बीच १३ जनाले अन्य पार्टी परित्याग गरी न
चितवन / नेकपा (एमाले) को नेतृत्व छनौटका लागि आज बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका छन् ।निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले बलजफ्ती सर्वसम्मत नेतृत्व छनौट गर्न कोसिस गरेपनि उनको कोसिस असफल भएपछि मतदानमा जानुपर्ने अवस्था आएको थियो ।मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट नै छनौट हुनेछ ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अ
काठमाडौँ, / उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् ।चन्द्रागिरि नगरपालिका – २ वाडभन्ज्याङ स्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपान्तरण सम्भ
बिर्तामोड / चितवनमा जारी एमालेको महाधिवेशनमा सुरु भएको निर्वाचनमा निर्वाचन आचार संहिता विपरीत निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले पक्षले पर्चा वितरण गरेकोमा निर्वाचन समितिले आपत्ति प्रकट गरेको छ ।मुलुकको संविधान , ऐन तथा नियम विपरित काम गरेको भनेर चौतर्फी विरोध र आलोचना पछि सत्ता छाड्न बाध्य बनेका एमालेका निवर्तमान अध्यक्ष ओलीले सहमतिमा पार्टी अध्यक्ष बन्न गरेको प्रयास विफल भएपछि सुरु भएको निर्वाचनमा पनि आफ्नै पार्टीले बनाएको नियमको उलघंन गरेपछि विरोध सुरु भएको छ ।नेतृत्वका लागि सुरु भएको निर्वाचनमा आफ्नो प्रस्तावको विरोधमा उभिएका आफ्ना प्रतिष्पर्धा सहितका नेतालाई निर्वाचनमा पराजित गर्न पर्चा ब
बिर्तामोड / नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट सुरु भएको मतदानमा यो समाचार तयार पार्दा सम्म करिब १६५० भन्दा बढी मत खसेको छ ।मतदानको कार्यतालिकामा ढिलाई भएपछि मतदान बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदान सकिए लगत्तै नतिजा सार्वजनिक हुने छ ।एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतीका लागि गरेको प्रयास विफल भएपछि निर्वाचनका माध्यमबाट नेतृत्व चयन हुने भएको हो । मतदान सुरु भए लगत्तै पहिलो मत भने निवर्तमान अध्यक्ष ओलीले नै हालेका थिए ।एमालेमा पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेको हो । अन्य पदमा भने सहमतिमै ने
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । नेता पुनलाई गत शुक्रबार बैङ्ककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो । चीनमा उपचार गर्न सुरु गरे लगतै पुनको स्वास्थ्यमा सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । नेता पुनको उपचारमा तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस बिलरुविनको मात्रा घटेर १८ मा झरेको छ । यस अघि बैङ्ककम
दाङ \ माओवादी केन्द्रको पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् ।शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ ।निर्वाचन समितिले जनाएअनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमे
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्ष पदकालागि भीम रावलले उम्मेद्वारी दिएका छन् । रावलले आज (सोमबार) बिहान अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । रावलको प्रस्तावमा महादेव बजगाईँ र समर्थकमा दुधकला विष्ट रहेका छन् । बजगाईँ कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन भने विष्ट एमाले अछामकी नेता हुन् । अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति जनाउँदै रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएसँगै अर्का नेता द्वय विष्णु पौडेल र घनश्याम भुसालले उप
झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा अधिवेशनको जिल्ला सभापतिमा देउमान थेबे बिजयी भएका छन् । थेवेले अर्का प्रतिस्पर्धी राम कट्टेललाई २५० मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा बिजयी भएका हुन् । थेबेले १७६५ मत प्राप्त गरेका छन् भने कट्टेलले १५१५ मत प्राप्त गरेका छन् । उपसभापति पदमा थेबे पक्षका केशवराज पाण्डे र शेरबहादुर भट्टराई बिजयी भएका छन् । मेचीनगर निवासी पाण्डेले १८८९ मत र दमक निवासी भट्टराईले १६७४ मत प्राप्त गरेका छन् ।उपसभापति पदमा कट्टेल पक्षका प्रेम सम्बाहाम्फे (१४१५ ) र शमशेर गिरीले (१२२१) मत प्राप्त गरेका छन् । सचिवमा नवीन बिमली (१८३८) र कृष्ण हुमागाईँ
चितवन / एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी निकट युवा तथा कार्यकर्ताले रावलका प्रचार सामग्री वितरण गरिरहेका छन् ।रावल आफैले पनि तीव्र रुपमा कार्यकर्तासँग भोट मागिरहेका छन् । उनले आफूले उम्मेद्वारी दिनुपर्ने कारणसहित लेखिएका प्रचार सामग्री वितरण गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहेका बेला रावलले प्रचारप्रसार तीव्र पारेका हुन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.