काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । लायन्स क्लबले शनिवार काठमाडौँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।

देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु  प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे ।

OM Sai Pathibhara Hospital

उनले आफूले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालस् सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरे । प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।

उनले भने,  ‘गरिबी छ । बालबालिकाहरु खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । आफ्नो छोराछोरीले भोकले रुँदाखेरि केही दिन नसक्ने र तड्पिनुपर्ने आमाबुबाको मन कस्तो हुँदो हो रु हो त्यही अवस्थालाई परिवर्तन गर्नु छ हामीले । त्यसका निम्ति सुशासन दिनु छ । विकासको गतिलाई तीव्र ढङ्गले अघि बढाउनु छ । र देशलाई समृद्ध बनाउनु छ । आधुनिक बनाउनु छ, विकसित बनाउनु छ । र जैविक र मानवीय आवश्यकको सहज पहुँचमा मानिसहरूलाई पुर्‍याउनु छ । ’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको पनि खुलेर प्रशंसा गरे । उनले लायन्सले इमानदार भएर मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै त्यसमा आफ्नो पनि सदैव साथ रहने बताए ।