काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । यसअघि हिजोको बैठकमा ११ प्रस्तावमाथि छलफल सुरु भएको थियो । आज पनि ती प्रस्तावमाथि छलफल जारी रहने जनाइएको छ ।  बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रस्तावमाथि पनि चर्चा हुनेछ ।

साथै, महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सङ्गठनिक अभियान (भदौ १५–मंसिर २५), अनुशासनको कारवाहीका लागि सिफारिस, रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ र शुभेच्छुक संस्था, कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण, जनसम्पर्क समिति, नियमावली संसोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ ।