राजनीति

    Showing 6,171-6,180 of 10,353 items.
  • कुलमान घिसिङले भ्रष्टाचार गरेको भन्दै रमेश खरेलले दिए अख्तियारमा उजुरी

    काठमाडौँ- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले जानकारी दिए। उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन्। ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन्। खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै ब्यहोरा सार्वजनिक गरेका छन्।

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 568 पटक पढिएको
  • एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन

    काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा चक्रबहादुर मल्ल चयन भएका छन् ।मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा मल्ललाई चयन गरेको हो । मल्ल डोटीको प्रदेश सभा कबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।यस्तै बैठकले सचेतकमा प्रदेश सभा सदस्य जानकी ऐर बमलाई चयन गरेको छ । बम बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् भने सचेतक रहेकी निर्मलादेवी साउद पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।संसदीय दलका नेता रावलले प्रमुख सचेतक र सचेतकको

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 346 पटक पढिएको
  • विद्युतको वक्यौता उठाउनैपर्छ : गगन थापा

    काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए । उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए । ‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ’, उनले भने, ‘तर कतिपयले संविधान संशोधन गरेर प्

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 484 पटक पढिएको
  • सांसद कल्पना मियाँको गुनासो : हामीमाथि खेलकूद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरे

    काठमाडौँ- प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूहरूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौँको एक होटलमा भएको कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको भन्दै आइन्दा त्यस्तो नहोस् भनेर ध्यानाकर्षण गराइन् । ‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एन्ड यतिको कार्यक्रममा बोलाइयो । हामी गयौँ । त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्यूको नियतवश अपमानजनक व्यवहा

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 457 पटक पढिएको
  • सांसदले बोल्दाबोल्दै सभामुखले तार काटेपछि संसद्मा हंगामा

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले बिचमै रोकेपछि संसद्मा विवाद भएको छ। सभामुखले ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना कुरा विशेष समयमा राखेका थिए । उनले आफ्नो कुरा राखेर विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेका थिए । सभामुखले उनलाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर विरोध गरेका थिए । विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेले ढकाललाई नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 386 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज, यी हुन कार्यसूची

    काठमाडौं— सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 430 पटक पढिएको
  • पार्टीमा विवाद बढेपछि प्रचण्डले भने : हामीलाई टेन्सन छैन

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। पार्टीभित्र पुस्तान्तरणको विषयमा बहस सुरु भएको सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासमा उनले भने, “केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन।” पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा आज पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक राजनीतिक विषयमा धारणा राख

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 510 पटक पढिएको
  • संक्रमणकालीन न्यायको विषयमा छलफल गर्न रास्वपाले डाक्यो संसदीय दलको बैठक

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ। सो बैठकअघि बिहान १०स्३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो।  प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।रास्वपाले संसदीय दलको बैठकमा उक्त

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 522 पटक पढिएको
  • मधेश प्रदेश : ‘जम्बो’ सरकार गठनको विरोधमा सिट्ठी जुलुस

    काठमाडौँ- मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा सिट्ठी जुलुस निकालेको छ।जसपा नेपालनिकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो। आफूहरुले कुर्सी जुलुस निकालेर मधेश सरकारलाई जम्बो मन्त्रिपरिषद् सानो बनाउन खबरदारी गरे पनि आफूहरुको माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए।मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार नरहेको भन्दै उनले तत्काल राजी

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 574 पटक पढिएको
  • फेरि विभाजित हुँदै मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी

    काठमाडौँ- मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको एक महिना नपुग्दै फेरि विभाजन हुन लागेको छ । साउन २६ देखि २९ गतेसम्म जारी महाधिवेशन आयोजक समिति बैठकमा संयोजक मोहन वैद्य किरणको कार्यशैलीप्रति असहमति जनाउँदै सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा पार्टी विभाजनको घोषणा हुन लागेको हो ।सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले साउन १२ गते जारी भएको परिपत्र विपरीत संयोजक किरणले केन्द्रीय समिति र सचिवालय विस्तार गर्न लागेको आरोप लगाएका छन् ।‘जारी बैठक उक्त निर्णयको आवरणमा मूलतः केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ । यो अन्तर पार्टी जनवा

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 604 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.