धनगढी / नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर बिजयी भएका छन् । बलायर नारायणदत्त मिश्रलाई चार सय मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । कुल एक हजार मतदाता मध्ये एक हजार तीन जनाले मतदान गरेका थिए । देउवा पक्षबाट उम्मेद्वार बनेका बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन् भने पौडेल पक्षबाट उम्मेद्वार बनेका मिश्रले २ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै, उपसभापतिमा देउवा पक्षका जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत प्राप्त गरी निर्वाचित भएका छन् । महामन्त्रीमा देउवा पक्षकै नरनारायण शाह मनुले ६४८ र मेघराज खड्काले ६३५ मत प्राप्त गर्दै विजयी भए ।सह–महामन्त्रीमा प
काठमाडौँ / राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले पशुपति शमशेर राणासँग मिलेर नयाँ पार्टी गठन गर्न लागेका हुन् । थापा र पशुपति शमशेर राणा नयाँ पार्टी गठनबारे अनौपचारिक छलफल चलाउन थालेका छन् । थापानिकट एक केन्द्रीय सदस्यले थापा र राणा नयाँ पार्टी बनाउने तयारीमा रहेको दाबी गरे ।थापानिकट ती नेताले भने ‘हामी पराजित भयौँ भने पनि के गर्ने भन्ने पहिला नै क्लियर थियौँ, अब नयाँ पार्टी बन्छ ।’ थापाको टिममा रहेका ती केन्द्रीय सदस्य पनि पराजित भएका छन् । त्यसैले अबको रणनीति भनेको नयाँ पार्टी निर्माण नै हुने दाबी गर्छन् । थापा र
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा पराजित भएपनि उनका परिवारका तीन जना भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाइ गणेश थापा र भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् । प्रतिष्ठाले १ हजार ५३०, गणेशले १ हजार ३३२ र अभिषेकले १ हजार ३२७ मत ल्याएर विजय भएका हुन् । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन्। यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही
काठमाडौँ / नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा पुनः मतदान हुने भएको छ । सभापति पदमा तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा आज पुनः मतदान हुने भएको हो । सभापतिका तीन जना उम्मेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । तर, तीनै जना मध्ये कसैको पनि ५१ प्रतिशत मत आएको छैन । पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । कुल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । अब बानियाँ
काठमाडौँ / राप्रपाको महिला महामन्त्रीमा पराजित भएकी रेखा थापाले आफू पराजित भएपनि खुशी व्यक्त गरेकी छिन् । महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थापाले राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न आफू सफल भएको भन्दै खुसी व्यक्त गरेकी हुन् । उनले भनिन्, –‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु ।’ कुन्ती शाही कमल थापाको समूहबाट महामन्त्रीमा पदमा उठेकी थिइन् भने रेखा थापा राजेन्द्र लिङ्देनको समूहबाट उठेकी थिइन् । शाहीले २ हजार ५ मत ल्याइन् भने था
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार सम्पन्न मत गणनामा कमल थापालाई १९९ मत अन्तरले हराउँदै लिङ्देनले अध्यक्षमा विजयी भएका हुन् । लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल माफर्त हार स्वीकार गरेका छन् । थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो ।शनिबार राति मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको थियो । सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले बाजी मारेका हुन् ।थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वरा
विराटनगर / नेकपा माओवादी केन्द्र विराटनगर महानगरको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्। महानगरको प्रथम अधिवेशनबाट न्यौपाने सचिवमा निर्वाचित भएकी हुन्। अधिवेशनबाट नवीन पौडेल नेतृत्वमा ९९ सदस्यीय नगर समिति चयन भएको थियो। उक्त समितिले पदाधिकारी चयन गरेको थियो।अधिवेशनले उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानू भट्टराई र सहसचिवमा शारदा मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित गरेको छ।माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो। यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए। माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिव
मोरङ / नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज (शनिबार) बिहानैदेखि सुरु हुने मतदानमा मतपत्रमा प्रदेश सदस्यका उम्मेदवारको नाम छुटेपछि स्थगित गरिएको अधिवेशन पुनः शुरु भएको हो । मतदाताहरू मतदानका लागि लाइन बसिसकेको अवस्थामा मतपत्र खोल्दा नाम छुटेको पाइएपछि मतदान स्थगित भएको थियो । नयाँ मतपत्र छापेर ल्याएपछि मतदान सुरु भएको हो । संस्थापनबाट झापाका पूर्वपार्टी सभापति उद्धव थापा र इतरबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्यानलै मैदानमा उत्रिएका छन् । प्यानलका कारण प्रतिनिधिहरु गुटगत रुपमा विभाजित बनेका छन् ।निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेख
लिम्पियाधुरा / नेकपा माओवादी केन्द्रले लिपुलेख, कालापानी र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पालिका सम्मेलन गरेको छ । भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेटिए पनि कुनै राजनीतिक दलहरूले त्यो क्षेत्रमा गएर वडा अधिवेशन गर्न सकका थिएनन् । तर, नेकपा (माओवादी केन्द्र)ले भने कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर भव्यताका साथ पहिलो पटक पालिका सम्मेलन गरेको हो । भारतले अतिक्रमण गरेको जग्गा कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा
ललितपुर,। निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमा समेत प्रतिष्ठा बढाइरहेको बताएकी छिन ।ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुहिक रूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताइन । मन्त्री भुसालले भनिन, “ छ वर्षअघि भूकम्पले क्षति पुर्याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरूप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।” जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उनको भनाइ थियो ।सङ्घका पूर्व अध्यक्ष कृष्ण
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.