काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।

पार्टीभित्र पुस्तान्तरणको विषयमा बहस सुरु भएको सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासमा उनले भने, “केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन।”
पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा आज पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक राजनीतिक विषयमा धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।