काठमाडौँ- प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूहरूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौँको एक होटलमा भएको कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको भन्दै आइन्दा त्यस्तो नहोस् भनेर ध्यानाकर्षण गराइन् । 

OM Sai Pathibhara Hospital


‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एन्ड यतिको कार्यक्रममा बोलाइयो । हामी गयौँ । त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्यूको नियतवश अपमानजनक व्यवहारले हामी दुखित भएका छौ’, उनले भनिन् ‘यस्तो व्यवहार अबदेखि कुनै पनि मन्त्रालयबाट नहोस् । ’