काठमाडौँ- मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा सिट्ठी जुलुस निकालेको छ।

जसपा नेपालनिकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो। 

OM Sai Pathibhara Hospital

आफूहरुले कुर्सी जुलुस निकालेर मधेश सरकारलाई जम्बो मन्त्रिपरिषद् सानो बनाउन खबरदारी गरे पनि आफूहरुको माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए।

मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार नरहेको भन्दै उनले तत्काल राजीनामा दिन माग गरे।  जनकपुरधामको जनकचोकबाट शुरु भएको विरोध र्‍याली मधेश भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थी प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि पुगेर विरोध गरेका थिए।