राजनीति

    Showing 6,131-6,140 of 10,353 items.
  • समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित

    काठमाडौँ- आइतबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित भएको छ । साउन १ गते बसेको मोर्चाको बैठकले पछिल्लो राजनीति घटनाक्रमको समीक्षा गरी १५ दिनमा राजनीतिक दस्तावेज पेस गर्ने निर्देशन दिएको थियो ।दस्तावेजमा अन्तिमरूप दिन दिउँसो ३ बजे माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्ने भनिएको थियो । तर सचिवालयका संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको सचिवालय सदस्य तथा माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ । 

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 469 पटक पढिएको
  • एमालेका २ केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौँ- नेकपा एमालेका २ केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन्।एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन्।

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 338 पटक पढिएको
  • परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

    काठमाडौं– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आइतबार दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्ति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ताको कार्यक्रम तय भएको छ । भेटमा दुई देशको आपसी हित, सहकार्य एवम् दुई देशबीच सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ । मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । भ्रमण दलमा परराष्ट्र मन्त्र

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 397 पटक पढिएको
  • राष्ट्रिय सभामा टीआरसी विधेयक पेस

    काठमाडौँ- राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएका छ।आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन्। मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तव सभा समक्ष प्रस्तुत गरे। यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ।

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 506 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

    काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।  जिल्ला अदालत काठमाडौँका  न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो।उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो। पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्द

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 600 पटक पढिएको
  • जनार्दनले पार्टी फुटाउँछन् भन्ने असत्य सावित भइसक्यो: प्रचण्ड (भिडियो)

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताएका छन्। पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनु भयो । उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 546 पटक पढिएको
  • वि.सं. २०८१ भदौँ ०२ गते आइतबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समय राम्रो छ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा सम

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 640 पटक पढिएको
  • जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भयो : प्रचण्ड

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन्। पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भए पनि त्यो आन्तरिक छलफलपछि हटेको र भ्रम चिरिएको उनको भनाइ छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको बताए । प्रतिक्रियावादी आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत उनले लगाए।उनले आफू र उपमहासचिव शर्माबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको बताए । तर, त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन म

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 426 पटक पढिएको
  • ओलीको आरोप : अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गर्यो

    काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख आरोप लगाउँदै अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरेका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको समेत जानकारी दिए। ‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए,’ उनको भनाई छ, ‘शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहर

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 292 पटक पढिएको
  • परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाने

    काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्।  भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले भदौ २ गते (आइतबार)देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन्।भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्री राणाको भ्रमण नेपाल र भारतबिचको नियमित उच्चस्तरीय भ्रमणको निरन्तरता भएको मन्त्रालयले जनाएको छ ।  मन्त्री राणाको यस भ्रम

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 362 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.