काठमाडौं– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आइतबार दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्ति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । 

भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ताको कार्यक्रम तय भएको छ । भेटमा दुई देशको आपसी हित, सहकार्य एवम् दुई देशबीच सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ । 

OM Sai Pathibhara Hospital

मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् । परराष्ट्रमन्त्री राणा भदौ ६ गते स्वदेश फर्कनेछिन् ।