काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन्। 

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भए पनि त्यो आन्तरिक छलफलपछि हटेको र भ्रम चिरिएको उनको भनाइ छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको बताए । प्रतिक्रियावादी आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत उनले लगाए।

OM Sai Pathibhara Hospital

उनले आफू र उपमहासचिव शर्माबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको बताए । तर, त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पु¥याएको उनको निष्कर्ष छ।

उनले उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने विषयको भ्रमलाई स्थायी कमिटी बैठकबाट पनि खारेज गरिदिएको बताए । पार्टीभित्र खुला छलफल गर्न दिने सोचानुसार आफूले पछिल्ला बैठक सञ्चालन गरेको उनले उल्लेख गरे।