काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख आरोप लगाउँदै अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरेका छन्। 

नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको समेत जानकारी दिए। 

OM Sai Pathibhara Hospital

‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए,’ उनको भनाई छ, ‘शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहरुलाई लपेट्ने प्रयास हो। ती प्रयास गलत थिए।’