राजनीति

    Showing 6,091-6,100 of 10,353 items.
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मत रूपले पारित गरेको हो । प्रतिनिधिसभामा उत्पत्ति भएको यो विधेयक अब सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो ऐन कार्यान्यवनमा आउनेछ ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 367 पटक पढिएको
  • पाँचदिने भारत भ्रमणबाट फर्किन् परराष्ट्रमन्त्री राणा

    काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारत भ्रमणबाट बिहीबार स्वदेश फर्किएकी छिन् । पाँचदिने भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् । यस्तै, परराष्ट्रमन्त्री राणा र उनका भारतीय समकक्षी एस जयशंकरबीच द्विपक्षीय वार्ता भएको थियो । नेपालका विदेशमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले विरलै भेट्ने गरेकोमा परराष्ट्रमन्त्री राणा र भारतीय प्रधनमन्त्री मोदीबीच महत्त्वपूर्ण भेटवार्ता भएको थियो। भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले यो भ्रमणले शताब्दीऔँ

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 321 पटक पढिएको
  • टीआरसी विधेयक राष्ट्रिय सभाबाट पारित

    काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया सुरु हुने बताए ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 374 पटक पढिएको
  • दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर

    काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि।अ।न।मी। निरीक्षक अधिकृत छैटौँ पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । डुम्रे न्यौपानेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ।   यस्तै सरस्वतीले पनि एसएलसीकै नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ । शैक्

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 192 पटक पढिएको
  • बंगलादेशमा विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्छ ; प्रधानमन्त्री ओली

    काठमाडौँ- बंगलादेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम पश्चात् नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्न परराष्ट्र र ऊर्जा मन्त्रालयबाट उपयुक्त सम्झौता सम्पन्न गर्न पहल भइरहेको सरकारले जानकारी दिएको छ । बिहीबार रोस्टममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा भर्खरै अन्तरिम सरकार बनेको र सम्झौता अनुरूप विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने बताए । उनले नेपाल र बंगलादेशबिचको ऊर्जा निर्यातमा सरकारको उच्च प्राथमिकतामा रहेको बताए । प्रतिनिधि सभा बैठकमा सांसद एनपी साउदले बंगलादेशमा उत्पन्न परिस्थिति पश्चात् विद्युत् निर्यातका लागि सरकारले कस्तो कूटनीतिक प्रयास गरिरहेको

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 253 पटक पढिएको
  • टीआरसी विरुद्धको रिट दरपीट

    काठमाडौँ- सर्वोच्च अदालतले  सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्धको रिटलाई टुङ्गोमा पुर्‍याएको छ। विधेयक रोक्न माग गरिएको रिटलाई सर्वोच्च प्रशासनले  दरपिठ (दर्ता अस्वीकार) गरेकामा यसविरुद्ध परेको रिटलाई इजलासले सदर गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सर्वोच्च प्रशासनबाट भएको दरपिठलाई सदर गरेको हो । विधेयकविरुद्ध अधिवक्ताद्वय डा ज्ञान बस्नेत र  श्यामकृष्ण मास्के अदालत पुगेका थिए ।  रिट दर्ता नमिल्ने भन्दै सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । प्रशासनले विधेयक निर्माण हुने प्र

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 330 पटक पढिएको
  • अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेको प्रधानमन्त्री दाबी

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताए । घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पुँजीबजारमा उल्लेखनीय सुधार आएको बताउँदै ‌ओलीले निजीक्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए ।'सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको ब

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 340 पटक पढिएको
  • भ्रष्टाचार नियन्त्रण होहल्लाको विषय हैनः प्रधानमन्त्री ओली

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् ।प्रतिनिधि सभामा बिहिबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज (बहाना) खोज्दैन, काम गर्छ ।’ओलीले संविधानको रक्षा र कार्यान्वयनमा

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 329 पटक पढिएको
  • छानबिन समितिले रवि लामिछानेलाई सोधपुछका लागि बोलायो

    काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाएको छ ।समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार दिउँसो २ बजे समितमा सोधपुछका लागि उपस्थित हुन भनिएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको संयोजक थापाले बताए । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि शुक्रबार बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 379 पटक पढिएको
  • प्रधानमन्त्रीको कार्यक्षमतामाथि पूर्व शिक्षामन्त्रीको प्रश्नः राजनीतिकरणले विश्वविद्यालयमा असुरक्षा बढ्यो

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।  . बिहीवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको विभागिय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको र राजनीतिकरणका कारण यो दुर्दशा निम्तिएको बताए । श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सुरक्षा खतराका कारण कार्यालय जान नसक्नुमा प्रधानमन्त्रीको असक्षमता रहेको टिप्पणी गरेकी छन् ।यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको उनक

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 499 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.