काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।  . 

बिहीवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको विभागिय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको र राजनीतिकरणका कारण यो दुर्दशा निम्तिएको बताए । 

OM Sai Pathibhara Hospital

श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सुरक्षा खतराका कारण कार्यालय जान नसक्नुमा प्रधानमन्त्रीको असक्षमता रहेको टिप्पणी गरेकी छन् ।

यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको उनको भनाई छ । श्रेष्ठले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको आरोप समेत लगाए । 

‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुण्डाहरुले फोन गरेर धम्क्याए त्यो पनि एउटा विभागिय प्रमुखको पदको लागि । यो दलिय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो’, उनले भनिन्, तर यो त्यतिमा मात्रै सिमित रहदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ ।’

पूर्व शिक्षामन्त्री समेत रहकी सांसद श्रेष्ठले शिक्षालयमा राजनीति पस्न दिन नहुने तर्क गरिन् ।