काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।

OM Sai Pathibhara Hospital

विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया सुरु हुने बताए ।